८ बैशाख २०८१, शनिबार

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी


लुम्बिनी

रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । विश्वका प्रमुख धर्महरूमध्ये एक बुद्ध धर्मका प्रणेता महामानव सिद्धार्थ गौतम शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेको कारण विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण संज्ञा पाएको छ ।

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा प्राचीनकाल ई.पू. दोस्रो शताब्दीदेखि आजसम्म रहिआएको इतिहास पाइन्छ ।

लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर भित्रको बुद्धकालदेखि विभिन्न कालमा निर्माण गरिएका विहारको भग्नावशेष विभिन्न कालको सादा तथा कलात्मक ईटाहरु, बुद्धको जन्मसमय बृतान्तयुक्त प्रशस्त मूर्ति, अभिलेखयुक्त महत्वपूर्ण प्रमाणका रुपमा इशापूर्व २४९ मा बौद्ध सम्राट अशोकद्वारा स्थापना गरिएको अशोक स्तम्भ जो सम्राट अशोकले आफ्नो जीवनकालमा आफै उपस्थित भई स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भमा बुद्ध जन्मस्थान लुम्बिनी र स्वयं सम्राट अशोकका बारेमा किटानीका साथ उल्लेख गरिएको अभिलेख सहितको भएकाले सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया :
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भाग्भवेत् ।।
ॐ शान्ति : शान्ति : शान्ति : ।

बुद्धम् शरणम् गच्छामि !

प्रर्यटन प्रवर्द्धन गरौ, नेपाल भ्रमण बर्ष २०२० सफल पारौ

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

ऐतिहासिक लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर (फोटो फिचर)

एसियाकै सुन्दर नमुना घलेगाउँ (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !