२३ बैशाख २०८१, आइतबार

जनैपूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)


जनैपूर्णिमामा पशुपति

काठमाडौं । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी, तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ ।

काठमाडौंको पशुपतिनाथ लगायत देशभरमा मन्दिर तथा देवालयमा रक्षाबन्धन बाँध्नेको भीड लागेको छ । पशुपति मन्दिर आसपासमा जनै लगाउने, डोरो बाध्ने र बाँधिदिनेको घुइँचो लागेको हो ।

 जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति  जनैपूर्णिमामा पशुपति

तस्बिर सौजन्य : हरिराम भेटुवाल, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !