२३ बैशाख २०८१, आइतबार

स्थानीय तह निर्वाचन सुरक्षाः आ–आफ्नै तयारीमा सुरक्षा निकाय


बालकृष्ण खाँण

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सुरक्षा योजनालाई गृह मन्त्रालयले एकीकृत गरी अन्तिम रूप दिएको गृह मन्त्रालयका प्रवक्तासमेत रहेका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

जसअनुसार आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन स्थलको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइनेछ । नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजार जनशक्ति परिचालन हुनेछन् ।

यसैगरी, सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति परिचालन गरिनेछ भने नेपाली सेनाबाट आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने नीति बनाइएको छ ।

बिहीबार पारित एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !