१५ बैशाख २०८१, शनिबार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु


Tractor-accident

रौतहटः रौतहटमा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

चन्द्रनिगाहपुर गौर सडक खण्डको हर्साह नजिकै ना ४ त १६७१ नम्वरको ट्याक्टर दुर्घटना हुँदा गरुडा नगरपालिका ११ का ट्याक्टर चालक अव्दुल मिया, सोहि ट्याक्टरका मजदुर शेष जलाउद्दिनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कृष्ण भण्डारीले जनाकारी दिएका छन ।

दुर्घटनामा परी गरुडाका ३० वर्षका दीपेन्द्र राम घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !