२५ बैशाख २०८१, मंगलबार

लुम्बिनी विश्वविद्यालयका डिनको निधन


४ चैत, काठमाण्डौ । लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डाक्टर भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।

रुपन्देहीको लुम्बिनीमा गएराति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डाक्टर नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । उहाँका श्रीमती तथा दुई छोराछोरी छन् ।

बज्राचार्यले त्रिभुवन विश्वविद्यालयमा करीब तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । ललितपुर निवासी बज्राचार्यको पार्थिव शरीरलाई अहिले निवासस्थल सानेपा, ठूलोढुङ्गा ल्याइसकिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जारी गरेको शोक वक्तव्यमा बज्राचार्यको निधनप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले परिपक्क अभिभावक गुमाएको र अपूरणीय क्षति भएको जनाइएको छ ।

विश्वविद्यालयले आइतबार शोक मनाउन सम्पूर्ण कार्यालयमा बिदा दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !