२६ बैशाख २०८१, बुधबार

आन्दोलनकारीले दर्जनौँ सवारी तोडफोड


andolan doti

७ माघ, डोटी । डोटीका आन्दोलनकारीहरुले आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् ।

शनीबार साँझदेखि यता मात्रै करिब एक दर्जन सवारी साधनले बन्द अवज्ञा गर्न प्रयत्न गरेपछि तोडफोड गर्न बाध्य भएको आन्दोलनमा सक्रिय विद्यार्थी नेता गणेश खड्काले बताए । उनका अनुसार उग्रतारा यातायातको ना ४ ख ११२७, मालिका यातायातको ना ७ ख ८५३ नम्बरका बसहरूतोडफोड गरेर इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाइएको छ ।

यस्तै बा २ ख १३१५को हाइस, से १ ज ९८१ र बा ११ च ९०६४ नम्बरको स्कोरपिओ र ना २ ख ९९२९ नम्बरको ट्रक तोडफोड गरेर प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !