२० बैशाख २०८१, बिहिबार

गोरखा जाँदै गरेको बस र विपरीत दिशाबाट आएको टिप्पर ठोक्किँदा २६ घाइते


कार्तिक १२, काठमाडौँ | यात्रुवाहक बस र टिप्पर आज बिहान ९:१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताउनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !