२५ बैशाख २०८१, मंगलबार

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्थालाई


असोज २०, नर्वे | यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन)ले पाएको छ । ‘परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणामहरु तथा त्यस प्रकारका हतियारहरुको सन्धि-आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक प्रयासहरुमा ध्यान आकषिर्त गरेका कारण’ उक्त संस्थाले विश्वकै प्रतिष्ठित पुरस्कार पाएको हो ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेस एन्डर्सनले उक्त पुरस्कार घोषणा गर्दै भने, ‘नौ लाख स्विडिस क्रोनरको यो पुरस्कार ओस्लोमा दिइने छ ।’गत वर्षको नोबेल शान्ति पुरस्कार ५२ वर्षे गृहयुद्ध अन्त्य गरेकामा कोलम्बियाका राष्ट्रपति हुवाँ म्यानुएल सान्तोसलाई दिइएको थियो ।

उक्त गृहयुद्धमा दुई लाख २० हजारले ज्यान गुमाएका थिए । सन् १९०१ यता एक सय ३० जना उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् । तीमध्ये सबैभन्दा कान्छी पाकिस्तानी नागरिक १४ वर्षीया मलाला युसुफजाईलाई सन् २०१४ मा प्रदान गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !