२५ बैशाख २०८१, मंगलबार

महासङ्घ सदस्य मल्ललाई निलम्बनको सिफारिश


FNJ-Banke

५ भदौ, नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले सदस्य विजय मल्ललाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उक्त शाखाको यहाँ बसेको बैठकले सदस्य मल्लले सामाजिक सञ्जालमा महासङ्घ र पदाधिकारीको गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिनुभएकाले निलम्बनको निर्णय गरेको हो । अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको बैठकले सदस्य मल्लको सदस्यता निलम्बन गर्न केन्द्रमा सिफारिश गरेको बैठकपछि प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बैठकले शाखाका सदस्यले भदौ महिनाभित्र आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने सुझाव दिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !