२३ बैशाख २०८१, आइतबार

भारतीय प्रधानमन्त्री मोदी पुगे मुक्तिनाथ


modhi

२९ वैशाख, मुक्तिनाथ । दुईदिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेका छन् ।

भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् । अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक अजयराज सुमार्गीले प्रधानमन्त्री मोदीसँग विशेष भेटघाट गर्ने र शालिग्राम उपहार दिने कार्यक्रम रहेको छ ।

साथै मोदीले मन्दिर भित्र आधा घण्टा विताउने छन् । उनलाई मुक्तिनाथका पीठाधिक स्वामी कमलनयानार्यले पूजाआज गराउने कार्यक्रम छ ।

त्यस्तै उनलाई लामाहरुले बौद्ध परम्परा अनुसार पुजाआजा समेत गराउने छन् । प्रधानमन्त्री मोदीले मुक्तिनाथमा एक घण्टा बिताउने छन् । मोदीको सुरक्षाका लागि मुक्तिनाथको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मौसम अहिले खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !