१४ बैशाख २०८१, शुक्रबार

ललितपुरको फुलचोकीमा बस दुर्घटना


Bus Accident in Phulchoki Bus Accident in Phulchoki

ललितपुर, बैशाख १ । ललितपुरको फुलचोकीमा २० जना सबार बस दुर्घटना भएको छ । किर्तिपुरबाट लगनखेल रुट २१ मा चल्ने बा २ ख ४०४९ नम्बरको उक्त बस रिजर्भमा नयाँ बर्षमा किर्तिपुरवासीलाई लगेर फुलचोकी गएको थियो ।

दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन भने ६ जना सामान्य घाइते भएका छन् । उक्त बसका सह-चालक बताउने किरण महर्जनका अनुसार घाइतेहरुको बाडेगाउको मेडासिटि हस्पिटल र मोडेल हस्पिटलमा उपचार भइरहेको नेपालपत्रलाई बताए ।

फुलचोकीबाट गोदावरी आउने क्रममा दिउसो ३ बजे घुम्तीमा ब्रेक फेल हुदा दुर्घटना भएको थियो ।  ब्रेक फेल हुदा दुर्घटना भएको उक्त बस रुखमा अल्झेर धेरैको संयोगले ज्यान बच्न सफल भएको छ ।

Phulchoki Accident 2

Phulchoki Accident 1

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !