१५ बैशाख २०८१, शनिबार

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ५ प्रदर्शनकारी घाइते


१४ चैत, काठमाण्डौ । काठमाण्डौको  नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाण्डौ उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास हानेको छ । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुकाे बानेश्वरकाे एभरेष्ट अस्पतालमा उपचार भैरहेकाे छ । अहिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म गाडी चलेका छैनन् ।

प्रहरीले ९ जना प्रदर्शनकारीलार्इ पक्राउ गरेकाे जनाएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !