२३ बैशाख २०८१, आइतबार

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ


डा. गोविन्द केसी

२५ पुस, काठमाण्डौ । डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन् । अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए ।

पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको लगायतका विषमा अनुसन्धान हुनुपर्ने केसीले बताएका थिए । केसीलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनले बयान दिएका थिए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा आँच पुर्‍याउने भएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !