२५ बैशाख २०८१, मंगलबार

पार्टीको नेतृत्व गर्न योग्य छु : शेखर कोइराला


hqdefault

१९ पुस, विराटनगर ।  पार्टी सभापतिका लागि आफू पनि योग्य रहेको कुरा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । प्रतिनिधिसभाको चुनावमा पराजय व्यहोरेपछि नेतृत्वको दौडमा नरहेको कुरा शेखरले  वताए । पार्टी सभापतिमा आफ्नो दाबेदारी कायम रहेको कोइरालाले संकेत दिएका छन् ।

डा. कोइरालाले आफू पनि कांग्रेसको पदीय जिम्मेवारी लिन सक्ने अवस्थामा रहेको भनि बुधबार बिराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बताए । कोइरालाले भने, ‘म लायक छैन भन्ने अवस्थामा छैन । म लायक छु ।’

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्नुपर्ने नेता कोइरालाले वताए । राष्ट्रियसभा गठनपछि मात्र सरकार छोड्नुपर्ने भएपनि प्रजातान्त्रिक मुलुकमा निर्वाचन भएपछि सरकार छाड्ने परिपार्टी संविधान अनुसार रहेको बताए ।

वाम गठवन्धनले सरकार निर्माणको लागि जनमत पाएको कांग्रेस नेता कोइरालाले बताए । तर, एमाले र माओवादीबीच अहिले नै पार्टी एकिकरण हुनेमा आफु विस्वस्त नरहेको वताए । राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रियसभा निर्वाचनसम्वन्धी वाम गठवन्धनले अध्यादेश रोक्न दबाब दिनुलाई अधिनायकवादको पहिलो खुडकिलो भएको उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !