१५ बैशाख २०८१, शनिबार

वरिष्ठ प्रहरी कमाण्डर र तीन तालिबान लडाकू मारिए


सात प्रहरी अधिकारीको मृत्यु

शराना, ४ असार । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधबार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले तालिबान लडाकू समूहले बार्माल जिल्लाका प्रहरी प्रमुख मोहमद आयुब थान्दारको सवारी साधनमाथि आक्रमण गरेपछि तालिबान र सुरक्षाकर्मीबीच झडप शुरु भएको जानकारी दिनुभयो ।

तीन घण्टासम्म जारी यस झडपमा परी जिल्ला प्रहरी प्रमुख र तीन तालिबान लडाकूको ज्यान गएको विज्ञप्तिमा जनाइएको छ । यस झडपको क्रममा तीन लडाकू र जिल्ला प्रहरी प्रमुखका सहयोगी घाइते भएका छन् ।

उक्त झडप र लडाकू पक्षको क्षतिको विषयमा तालिवान समूहले कुनै टिप्पणी गरेको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !