२५ बैशाख २०८१, मंगलबार

अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने


 असोज ३०, काठमाडौँ । अस्ट्रियामा भएको आम निर्वाचनमा ३१ वर्षीय सेवास्टियन कुर्जले नेतृत्व गरेको दल कन्जरभेटिभ पिपुल्स पार्टी विजयी हुने सर्वेक्षणहरुले देखाएका छन् । आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन् ।

कुर्जको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ । कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन् । मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन् ।

पूर्व विदेशमन्त्री रहेका कुर्जले सिथिल भइसकेको कन्जरभेटिभ पिपुल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पुनर्जीवन दिएका थिए ।चुनाव प्रचारका क्रममा उहाँले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए ।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग उनले गठबन्धन गर्छन या गर्दैनन भन्ने एकीन भने भएको छैन । फ्रिडम पार्टीका नेताहरुले कुर्जले आफ्ना नीतिहरु चोरेको भन्ने आरोप लगाएका छन् । दोस्रो स्थानमा सोसियल डेमोक्याटिक्स पार्टी वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भने भइसकेको छैन ।(एजेन्सी)

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !