१४ बैशाख २०८१, शुक्रबार

सुरक्षामन्त्री भन्छन्, “कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन”


१६ जेठ, एजेन्सी । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले कोरोना भाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । सुरक्षामन्त्री एमडीले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् ।

मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए । यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, “के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !