२० बैशाख २०८१, बिहिबार

पाकिस्तानमा कोरोना भाइरसबाट झण्डै १९ हजार सङ्क्रमित


पाकिस्तानमा कोरोना

इस्लामावाद, २१ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !