२५ बैशाख २०८१, मंगलबार

हिंसा पीडितलाई दिल्ली सरकारको राहत


दिल्ली

नयाँदिल्ली, १५ फागुन । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसा पीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ट अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसक्नु भएको छ ।

रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु – मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो ।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गर्नु भएको थियो । उहाँहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गर्नु भएको थियो ।
दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !