४ जेष्ठ २०८१, शुक्रबार

पश्चिम अफगानिस्तानमा ६९ तालिबानी लडाकूले आत्मसमर्पण गरे


हिंसा

फिरोजकोआह, अफगानिस्तान, २२ पुस । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।

अफगानिस्तान नेसनल आर्मी (एएनए) द्वारा गत एक हप्ताको अवधिमा तालिबानी लडाकूविरुद्ध कारबाही शुरु गरेको थियो ।

सोही कारबाहीको क्रममा यसै हप्ता करिब ३ सय तालिबानी लडाकूले आत्मसमर्पण गरिसकेका थिए । सोमबार साँझ मात्र ६९ तालिवान लडाकूले शाहरक जिल्लामा सेनामा आत्मसमर्पण गरेका गभर्नर गुलाम नासिर खाजेले सिन्हवालाई बताउनु भएको छ ।

आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकू समूहले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेका अधिकारीहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !