२२ बैशाख २०८१, शनिबार

काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौधको मृत्यु


११ पुस, एजेन्सी । काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । घटनास्थलबाट उद्धार गरिएका मध्ये २० जनालाई अस्पताल भर्ना गरिसकिएको छ भने अरुको खोजी तथा उद्धार भइरहेको छ ।

यस दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये केही बालबालिका पनि छन् । विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो । स्थानीय समयानुसार बिहान ७ः०५ बजे विमान उडेको र ७.२२ मा दुर्घटना भएको जनाइएको छ ।

उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् ।
आगो नलागेकाले धेरै यात्रु जिवितै रहेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने अधिकारीहरुले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !