१४ बैशाख २०८१, शुक्रबार

दीपिका पादुकोण र प्रियंका चोपडाले ४ मिनेटका लागि एक करोड ३० लाख माग : ‘आइफा अवार्ड’


१० असार, २०७३:- स्पेनको राजधानी मड्रिडमा आयोजना हुन लागेको ‘आइफा अवार्ड’का लागि यतिबेला बलिउड स्टारहरु त्यहाँ पुगेका छन् । ४ दिनसम्म आयोजना हुने अवार्डमा बलिउडका चर्चित नामहरुको उपस्थिती छ । दर्शकले यसपटकको अवार्डमा सलमान खानदेखि दीपिका पादुकोणसम्मको प्रस्तुती देख्न पाउनेछन् ।

यो अवार्डमा प्रस्तुती दिने बलिउड कलाकारले राम्रै पारिश्रमिक पाएका हुन्छन् । तर, हलिउड यात्रा समेत तय गरिसकेका २ नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले ४ मिनेटका लागि एक करोड ३० लाख मागेका छन् ।

मीड डेमा छापिएको खबर अनुसार यी दुई नायिकाले एक मिनेटको ३३ लाख रुपैयाँ मागेका थिएC शोको आयोजकले अवार्डमा प्रस्तुतीका लागि केही कलाकारसँग कुरा गरेका थिए ।

उनीहरुले स्पेनका दर्शकमाँझ को लोकप्रिय छ भनेर रिसर्च पनि गरेका थिए । जसमा, दीपिका र प्रियंकाको नाम अगाडि आएको थियो ।

यसैले पनि यी दुइलाई १ करोड ३० लाख दिन आयोजक तयार भएको हो । हलिउड चलचित्र खेलेपछि यी दुइको ब्रान्ड भ्यालू आकासिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !