१४ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानको केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने


सहयोग

काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ ।

द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य संचालित बख्तर न्यूज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनु पूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीको रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ ।

अफगानिस्तानको राष्ट्रिय मुद्रा, द अफगानी विदेशी मुद्रासँग कमजोर बनेका समय बैंकको यो निर्णय आएको हो ।

तालिवान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अन्य विदेशी मुद्रासँग कमजोर बनेको छ ।

गत साता एक डलर बराबर ८८.१० रहेको अफगानी मुद्राको विनिमय दर बढेर शनिबार ८८.४० भएको छ ।

यसअघि केन्द्रीय बैंकले जून २० मा एक करोड २० लाख र जुन २७ मा एक करोड २० लाख अमेरिकी डलर लिलामी गरी विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्राको मूल्यलाई स्थिर राख्ने प्रयास गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !