२६ बैशाख २०८१, बुधबार

जापानी पूर्वप्रधानमन्त्री आबेमाथि एकाएक गोली प्रहार


शिन्जो आबे

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि एकाएक गोली प्रहार भएको छ । जापानको पश्चिम क्षेत्रको नारा सहरमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।

जापानी सञ्चारमाध्यहरुका अनुसार गोली लागेका पूर्वप्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको जनाएका छन् । उनको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा अस्पताल लगिएको छ ।

उनलाई उक्त नाराकै एक अस्पतालमा भर्ना गरिएको छ भने बीबीसीका अनुसार गोली प्रहार गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । उनी अहिले अचेत छन् भने उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !