२१ बैशाख २०८१, शुक्रबार

युक्रेन युद्धमा मध्यस्थता गर्न राष्ट्रपति सी जिन पिङ इच्छुक


सी चिनफिङ

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति पिङले पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई पुनः दोहोर्‍याएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्धीपमा भएको युद्धबाट चीन चिन्तित रहेको बताएको’ चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !