१४ बैशाख २०८१, शुक्रबार

फ्रान्समा एकैदिन ५ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित


फ्रान्समा कोरोना

एजेन्सी । फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको छ। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकारीहरुको भनाइ छ ।

२४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !