१८ बैशाख २०८१, मंगलबार

ब्राजिलमा एकैदिनमा ३३८ कोरोना संक्रमितको मृत्यु


ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घन्टामा ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ ।

ब्राजिलका स्वस्थ्य अधिकारीका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । त्यस्तैगरी २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !