२५ बैशाख २०८१, मंगलबार

दम्पतीको मृत्यु भएको चार वर्षपछि जन्मियो सन्तान


birn childen

एजेन्सी, ३० चैत । चीनमा कार दुर्घटनामा परी मृत्यु भएका एक दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ । बच्चा जन्माइदिन कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो ।

सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए ।

लाओसकी ‘सरोगेट’ आमामार्फत् ती बालकको जन्म गत डिसेम्बरमा भएको थियो तर त्यो खबर हालै मात्र सार्वजनिक भएको छ । दुर्घटना हुँदा भ्रूण नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको खबर अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले लेखेको छ ।

लामो कानुनी लडाइँपछि ती बालकका घर र मावलीतर्फका हजुरबुवा–हजुरआमाले भ्रूणको अधिकार पाएका थिए । चीनमा सरोगेसी गैरकानुनी भएकाले उनीहरु सरोगेसी कानुनी रूपमा सञ्चालन हुने लाओसस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थामा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !