२१ बैशाख २०८१, शुक्रबार

भारी वर्षाबाट दश जनाको मृत्यु


शव फेला

एजेन्सी । ब्राजिलमा वर्षाबाट १० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि आएको वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।

सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ । -सिन्ह्वाबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !