२२ बैशाख २०८१, शनिबार

स्कुलमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु


बम विस्फोट

एजेन्सी । अफगानिस्तानमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानसँग जोडिएको सीमामा विष्फोट हुँदा चारको अवस्था गम्भीर रहेको छ ।

यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

अन्तर्राष्ट्रिय समाचार अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो । लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !