२१ बैशाख २०८१, शुक्रबार

पाकिस्तानमा सडक दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते


दुर्घटना

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिका सहित १७ जना घाइते भएका छन् ।

उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।

उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए । घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !