२० बैशाख २०८१, बिहिबार

ट्रक र बस ठोक्किँदा १० को मृत्यु, २५ जना घाइते


ट्रकसँग बस ठोक्किँदा

एजेन्सी । भारतको पाकुडमा बुधबार बिहान बस ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बसमा ४० भन्दा बढी यात्रामध्ये करिब २५ जना घाइते छन् ।

ट्रक र बस ठोक्किँदा दुबै गाडी ध्वस्त भएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार बसलाई काटेर मानिसलाई बाहिर निकालिँदैछ । अन्तर्राष्ट्रिय समाचार अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्ने आशंका छ ।

हाल मारिएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन । घाइतेलाई अस्पताल लगिँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !