२७ बैशाख २०८१, बिहिबार

पानी जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ८५ पुग्यो


समुन्द्री विमान दुर्घटना

माडागास्कर । पानी जहाज दुर्घटनावाट ८५ जनाको मृत्यु भएको छ । माडागास्करको तटीय क्षेत्रमा दुर्घटना हुँदा बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको समुद्री अधिकारीहरूले बताइएको हो ।

अन्तर्राष्ट्रिय समाचार अनुसार सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !