२१ बैशाख २०८१, शुक्रबार

इस्तानबुलको अपार्टमेन्टमा आगलागी : ४ विदेशी बालबालिकाको मृत्यु, २ घाइते


आगलागी

इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २:५० बजे (सोमबार 2350 GMT) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ ।

विदेशी परिचय भएका चार बालबालिकाले आगलागीमा ज्यान गुमाएका छन् । बच्चाकी आमा र अर्को बच्चालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा न्यायिक र प्रशासनिक अनुसन्धान थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !