२४ बैशाख २०८१, सोमबार

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त


संयुक्त राष्ट्रसंघ

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हालको घटनाक्रमले रोहिंग्या शरणार्थीहरूको स्वैच्छिक, सुरक्षित, सम्मानजनक र दिगो फिर्ताको लागि विशेष गम्भीर चुनौतीहरू खडा गरेको परिषद्ले चेतावनी दिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विद्रोही समूहका प्रवक्ताले यस झडपको जानकारी दिएका थिए । यस झडपको कारण युद्धविरामको तोडिएको छ । फेबु्रअरीमा सैन्य ‘कू’ पछि पनि म्यानमारको पश्चिम क्षेत्रमा शान्ति कायम राखेको थियो । दक्षिणपूर्वी एसियाली देश गत फेबु्रअरी भएको सैन्य कूपछि उच्च रुपमा अराजकत फैलिएको छ ।

सुरक्षा परिषदका सदस्यहरु ‘कोभिड–१९’ खोप न्यायसंगत, सुरक्षित वितरणको साथै आवश्यकता परेका सबै मानिसहरूलाई सुरक्षित र निर्वाध मानवीय पहुँचको लागी पनि आह्वान गरेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप सबैका लागि पहुँच हुन पर्नेमा जोड दिएका छन् । सुनिश्चिताको लागि थप अन्तर्राष्ट्रिय समर्थनका लागि आह्वान पनि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !