२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !