२७ बैशाख २०८१, बिहिबार

उत्तर कोरिया विश्वकै लागि ठुलो त्रास भएको ओबामाको दावी


एजेन्सी, ११ चैत । उत्तर कोरिया विश्ककै लागि ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

उनले भने, उत्तर कोरियाले आणविक अस्त्रहरूको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर विश्वकै लागि एउटा ठूलो त्रास हो ।

जापान भ्रमणमा रहेका ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरू र धम्कीका बारेमा सुनेका छौं तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौं, ओबामाले भने ।

उनले भने,“उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन ।”

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारवाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए ।

यसवाट उत्तर कोरिया विश्ववाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनको भनाइ थियो ।

आइतबार पूर्व राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेवीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशवीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !