इराकी प्रधानमन्त्री इरानमा Nepalpatra इराकी प्रधानमन्त्री इरानमा
५ आश्विन २०७८, मंगलबार

इराकी प्रधानमन्त्री इरानमा


मुस्ताफा अल–कादिमी

तेहरान । इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ आइतबार इरानको राजधानी तेहरान पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुग्नुभएको हो ।

उहाँले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्नुहुने बताइएको छ । प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गर्नुहुने छ । त्यसक्रममा उहाँहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्नुहुने बताइएको छ । साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ । तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा