१४ बैशाख २०८१, शुक्रबार

चीनका लागि जर्मनीका राजदूतको निधन


मृत्यु

बेइजिङ् । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ ।

जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ ।

“चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँका परिवारजन र निकट मित्रहरुप्रति मन्त्रालयले सहानुभूित व्यक्त गरेको छ । बेइजिङ् खटाउनु अगाडि उहाँ चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार हुनुहुन्थ्यो ।

चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !