२४ बैशाख २०८१, सोमबार

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने


किर्गिस्तान

बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुनेगरी मिति घोषणा गरिएको छ ।

राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसक्नु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थानुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका लागि निर्वाचित हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

संशोधन गर्नु अगाडिको संविधानअनुसार पार्टीहरूले पाएको मतका आधारमा संसद्का लागि १२० जना प्रतिनिधिहरू छनौट हुने व्यवस्था रहेको थियो ।

केही महिना अगाडि भएको किर्गिस्तानको राष्ट्रपतीय चुनावबाट जपारोफ ठूलो मतका साथ विजयी हुनुभएको थियो ।

राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जेल जीवनसमेत बिताउनु भएका जपारोफले नयाँ अधिकारसहित राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

किर्गिस्तानमा यसअघि गत अक्टोबरमा भएको संसदीय निर्वाचन विवादमा परेर राजनीतिक सङ्कट उत्पन्न भएको थियो ।

उक्त चुनावको परिणाम विवादित बनेपछि विरोध चर्किदै जाँदा तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफले राजीनामा दिन बाध्य हुनु पारेको थियो ।

किर्गिस्तानमा ठूलो आर्थिक सङ्कट रहेको छ भने त्यसको व्यवस्थापन अहिलेको प्रमुख चुनौती देखिएको छ ।

त्यसैगरी बेरोजगारी पनि किर्गिस्तानको अर्को ठूलो समस्या हो । देशमा रोजगारी नपाउँदा हजारौँ युवाहरू विदेशिन बाध्य भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !