२५ बैशाख २०८१, मंगलबार

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल


दक्षिण कोरिया

सोल । रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो ।

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो ।

रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुनुहुन्छ ।

उहाँहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !