१४ बैशाख २०८१, शुक्रबार

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

मोगादिशु । सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।

सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् ।
सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिनुभयो ।

अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयाु गरे पनि उनीहरु सफल नभएको बताउनुभयो । सेनाको रेडियोमा बोल्दै उहाँले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भन्नुभयो ।

जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाब विरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारबाही अघि बढाएको छ । यस क्षेत्रका कैयौं गाउँमा अल–शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अबरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !