२६ बैशाख २०८१, बुधबार

कोरोना सङ्क्रमणको दर घट्दै


कोरोना नयाँ भेरियन्ट बी १.६१७

डडेल्धुरा । यहाँ कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् ।

कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्नेसमेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि सङ्ख्यामा कमी आएको छ । करीब एक सातायतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स्थानीय तहले कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।

दुई साता पहिले जिल्लामा कोरोना महामारीसँगै भाइरल ज्वरो र मौसमी बिरामीको सङ्ख्या बढी थियो तर पछिल्लोे समयमा केही कमी आएको छ । खानपिन र सरसफाइका साथै व्यक्तिगत सुरक्षाका कारण र स्वास्थ्य मापदण्डअनुसार जनता सचेत हुँदा बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !