२२ बैशाख २०८१, शनिबार

सुहागरात मनाउनुअघि नै बेहुलीले जन्माइन् बच्चा, बेहुला पुगे प्रहरी चौकी


विवाह

एजेन्सी, ११ फागुन । घटना भारतको उत्तर प्रदेशस्थित उन्‍नाव जिल्लाको सफीपुर कोतवाली क्षेत्रको हो । यहाँस्थित एक गाउँमा भित्रिएकी बेहुलीले सुहागरातअघि नै बच्चा जन्माएकी छिन् । सातफेरा लिएको ११ घण्टापछि दुलहीलाई प्रसव व्यथाले च्यापेको थियो । त्यसपछि बेहुला पक्षका आफन्तहरु रिसले चुर भए ।

सफीपुर कोतवाली क्षेत्रको एक गाउँमा बस्‍ने युवकको विवाह बिछिया ब्लकस्थितकी एक गाउँकी युवतीसँग भएको थियो । मंगलबार युवक जन्ती लिएर गएका थिए । रातको समयमा हिन्दू परम्पराअनुसार बिहे भयो । बुधबार बिहान जन्ती घरतर्फ लाग्यो । नयाँ घरमा पुगेकी बेहुलीलाई बुधबार दिउँसो पीडा हुन थाल्यो । घरका महिलाले संझाउनअघि नै उनलाई प्रसव व्यथाले च्याप्यो । उनले छोरा जन्माइन् । त्यसपछि बेहुलाले बेहुलीसँग कुराकानी गरे । बेहुलीले एक युवकसँग सम्बन्ध रहेको स्विकारिन् ।

प्रहरी चौकीसम्म पुग्यो विवाद

बेहुलाले बेहुलीको माइती पक्षलाई बोलाए । बेहुली फिर्ता लैजान आग्रह गरे । तर माइतीले अटेर गरे । त्यसपछि बेहुला प्रहरी समक्ष पुगे । उनले बेहुलीका बाबु,आमा र बेहुली स्वयंमको विरुद्धमा धोका दिएको भन्दै उजुरी दर्ता गर्न माग गरे । बेहुलाका आमाबाबुको निधन भइसकेको छ ।

उनले बिहेका लिग आफ्नो जमिन बेचेका थिए । आफूलाई एक्लो संझेर बेहुली पक्षाले गुमराहमा राखेको बेहुलाले गुनासो गरेका छन् । सफीपुर्रका प्रहरी कुलदीप तिवारीले माइतीपक्षसँग कुराकानी भइसकेको र उनीहरु बिहीबार छोरी लैजान तयार भइसकेको बताए । त्यतिन्जेल बेहुली बेहुलाकै घरमा बस्‍नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !