२५ बैशाख २०८१, मंगलबार

रुसमा कोरोना संक्रमितको सङ्ख्या दिन प्रतिदिन किन घट्दैछ ?


रुसमा भए ७ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित virus around Russia

मस्को । रुसमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अघिल्लो दिन सोही अवधिमा संक्रमितको सङ्ख्या १३ हजार २३३ रहेकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । रुसमा अहिलेसम्म कोरोना भाइरसबाट ४१ लाख १२ हजार १५१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ८१ हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार संक्रमित भएर पनि ३६ लाख ४२ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् । राजधानी मस्कोमा मात्रै पछिल्लो २४ घण्टामा एक हजार २८२ जना संक्रमित भएका छन् । अघिल्लो दिन एक हजार ४०९ जना संक्रमित भएका थिए । मस्कोमा मात्रै अहिलेसम्म कूल संक्रमितको सङ्ख्या नौ लाख ६० हजार ६८७ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !