२१ बैशाख २०८१, शुक्रबार

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता


south korean and us foreign minister telephone

सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो । दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो ।

उहाँहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो । यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो ।

उहाँहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गर्नुभएको थियो । उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

यसका साथै उहाँहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गर्नुभएको छ । उहाँहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताउनुभएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !