१४ बैशाख २०८१, शुक्रबार

म्यानमारकी नेतृ सुकी र राष्ट्रपति विन सेनाको नियन्त्रणमा


आङसाङ सुकी र विन मिन्ट

काठमाडौँ । म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छन् । पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सूकीका साथै राष्ट्रपति विन मिन्ट र अन्य नेताहरू पनि पक्राउ परेका छन् । सोमबार बिहानै उनीहरुलाई निवासबाट नियन्त्रणमा लिइएको हो ।

बीबीसीका अनुसार म्यान्मामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढिरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु