२४ बैशाख २०८१, सोमबार

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती


nyujilyandi pradhanmantri

५ माघ, न्युजिल्याण्ड । न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्नले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन ।

गर्भवती भएपछि ३७ वर्षीया अर्दर्नले ६ हप्ता विदा लिएर घरमै पति क्लार्क गैयफोर्डसँग बस्ने योजना बनाएकी छन । ‘हामी दुई वास्तवमै खुसी छौं, हामी एक परिवार चाहन्थ्यौं । तर हामीलाई विश्वास थिएन की हामी यति छिटै अभिभावक बन्नेछौं, यो क्षण अनपेक्षित तर रोमाञ्चक छ’, शुक्रबार पतिसँगै उपस्थित प्रधानमन्त्री अर्दर्नले आफ्नो निवास अगाडि सम्वाददाताहरुसँग भनिन् ।

उनले विहीबार मात्रै उपप्रधानमन्त्री विन्स्टन पीटर्सलाई आफू गर्भवती भएको जानकारी गराउँदै आफू ६ हप्ता विदामा बस्ने र सो अवधिमा कार्यबाहकको जिम्मेवारी लिन आग्रह गरेकी छन् । अर्दर्न १८५६ यता न्युजिल्याण्डमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !