२५ बैशाख २०८१, मंगलबार

प्रतिवद्धता बमोजिम काम नगर्ने पाँच कम्पनी कालो सूचीमा


Samanya-Prashasan-Mantralaya

१ माघ, काठमाण्डौ । सरकारले विभिन्न पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरूमध्ये चार वटा कम्पनी काठमाडौंका हुन् । जसमा टोखा नगरपालिका-९ धापासीमा रहेको डिएनके ट्रेडिङ प्रालि, काठमाडौं महानगरपालिका-३२ घट्टेकुलोको क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स, काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमार/नितेश कुमार छन् ।

ललितपुर उपमहानगरपालिका-२ को पशुपती ईन्टरनेसनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार डीएनके प्रालि र पशुपति इन्टरनेसनललाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !