१३ जेष्ठ २०८१, आइतबार

कंगना रनावतको अफिस भत्काइयो, उनले भनिन्, ”कुनै गैरकानुनी तरिकाले भवन निर्माण भएको छैन्”


कंगना रनावतको अफिस भत्काइयो

मुम्बई, भदौ २४ । मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनावतको बंगलाका केही हिस्सा भत्काएको छ । जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताएका छन् ।

कंगना रनावतले पनि आफैले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् र मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् । यसअघि उनको यहि बयानले हंगामा मच्चाएको थियो ।

कंगना बुधबार नै हिमाचल प्रदेशबाट मुम्बई फर्किएकी छिन् । उनले बाटोबाटै ट्वीट गर्दै लेखिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट जाँदै छु, महाराष्ट्र सरकार र उनीहरुका गुण्डाले मेरो सम्पत्तिलाई अवैध तरिकाले तोड्न पुगेका छन् ।’

https://twitter.com/KanganaTeam/status/1303586065597440000

https://twitter.com/KanganaTeam/status/1303574493273550851


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !